Mon. Oct 28th, 2024

सिङ्गापुरको समुद्रमा पानीजहाजबाट तेल चुहिएपछि समुद्री आरक्ष खतरामा

(240615) -- SINGAPORE, June 15, 2024 (Xinhua) -- Oil stains are seen on Siloso beach of Sentosa island in Singapore, June 15, 2024. The Netherlands-flagged dredger Vox Maxima collided with Singapore-flagged bunker vessel Marine Honor at the Pasir Panjang Terminal on Friday, leading to oil leakage, said the Maritime and Port Authority of Singapore (MPA). (Xinhua/Then Chih Wey)

सिङ्गापुरको दक्षिणी समुद्रमा एक मालवाहक पानीजहाजबाट तेल चुहिएपछि समुद्री आरक्ष नै खतरामा परेको छ ।

सिङ्गापुरको दक्षिणी बन्दरगाह पासिर पन्जङमा अस्ति शुक्रवार दिउँसो नेदरल्यान्ड्सको झण्डा बोकेको जहाजले सिङ्गापुरको झण्डा बोकेका मालवाहक जहाजलाई ठक्कर दिँदा समुद्रको पानीमा तेल खसेको थियो ।

अधिकारीहरूले अहिले इन्धन सफा गर्ने प्रयासलाई तीव्र बनाए पनि सफल हुन नसकेको समाचार संस्था रोयटर्सले जनाएको छ । जहाजको लाखौँ लिटर तेल चुहिएर सेन्टोसा, ल्याब्राडोर प्रकृति रिजर्भ, दक्षिणी द्वीप, मरीना पियर र पूर्वी तटमा फैलिएको छ ।

चार लाख वर्ग मिटरको समुद्री संरक्षित क्षेत्र सिस्टर आइल्यान्ड्स मरिन पार्कको आसपासको पानीमा पनि तेल तैरिएको छ । तेल चुहावटले ठूलो वातावरणीय प्रभाव पर्ने खबरमा उल्लेख छ । तत्कालका लागि माछा मरेर पानीमा तैरिएको देखिएको र यसको दीर्घकालीन प्रभाव ठूलो हुने सिङ्गापुरका सञ्चारमाध्यमले जनाएका छन् ।

About The Author

अन्य समाचारहरु: