Mon. Oct 28th, 2024

साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ जनाको मृत्यु

साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ जना हजयात्रीको मृत्यु भएको छ । अत्यधिक गर्मीका कारण कम्तीमा १४ जना जोर्डनका नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ ।

जोर्डनको विदेश मन्त्रालयले अत्यधिक गर्मी भएपछि हिट स्ट्रोकु का कारण १४ जनाको ज्यान गएको र हजयात्रीको भीडमा १७ जना बेपत्ता भएका बताएको छ । बेपत्ताहरूको खोजी भइरहेको छ ।

यसैबीच इरानी रेड क्रिसेन्टले पाँच जना इरानी हज तीर्थयात्रीको पनि ज्यान गएको पुष्टि गरेको छ तर उनीहरूको ज्यान कसरी भयो भन्ने बताएको छैन ।

हज संसारको सबैभन्दा ठूलो धार्मिक समारोहमध्ये एक हो । साउदी अधिकारीकाअनुसार यो वर्ष १८ लाखभन्दा धेरैले यसमा भाग लिइरहेका छन् ।

About The Author

अन्य समाचारहरु: