
काठमाडौं -बैतडीमा एक शिक्षिकाले पुरुषको हत्या गरेर शव नै गायब पार्न खोजेको खुलेको छ । पाटन नगरपालिका–६ का ५१ वर्षीय वीरभान सिंह विष्टको हत्या गरेर शव नै गायब पार्न खोजेको खुलेको हो । आरोपी पक्राउ परेको एक दिनपछि प्रहरीले शव फेला पारेको छ ।
बैतडीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भीमकान्त शर्माले शव सोमबार बिहान पाटन नगरपालिकाकै सूर्यनय खोलामा प्लाष्टिकले पोको पारेको अवस्थामा फेला परेको जानकारी दिए ।
वीरभानको हत्या आरोपमा प्रहरीले आइतबार ३६ वर्षीया भागरथी विष्टलाई पक्राउ गरेको थियो । भागरथी एक प्राथमिक विद्यालयकी शिक्षिका रहेको सीडीओ शर्माले बताए ।