Mon. Oct 28th, 2024

ट्रक दुर्घटनाका घाइतेको उपचारमा २५ लाख सहयोग संकलन

 धादिङ-धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेको दाउनेखोला नजिक भएको मिनीट्रक दुर्घटनाका घाइते र मृतक परिवारका लागि २५ लाख भन्दा बढी सहयोग संकलन भएको छ । दुर्घटना पश्चात वडा अध्यक्ष राम कुमार श्रेष्ठको नेतृत्वमा संचालन गरिएको उद्दार, उपचार तथा आर्थिक संकलन अभियानबाट देशविदेशमा रहेका नेपाली नागरिक, विभिन्न सामाजिक संस्था र व्यक्तिहरुबाट सहयोग संकलन गरिएको हो ।

अहिलेसम्म बैक खातामा १५ लाख ३४ हजार चार सय ९१ र नगद १० लाख १५ हजार नौं सय ७३ गरी २५ लाख ५० हजार चार सय ६४ रुपैंया संकलन भएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । वडामा कृयाशिल राजनीतिक दल, सामाजिक अभियान्ताहरु, गाउँबासी सबैको सहयोग र पहलमा संकलन भएको रकमको सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

दुर्घटनामा परेका नौं जना मध्ये चार जनाको मृत्यु भइसकेपनि अहिले पाँच जना घाइते अवस्थामै उपचाररत छन् । दुर्घटनामा परि घाईते भएकाहरु मध्ये १४ वर्षिय कृष्ण रम्तेलको काठमाण्डौं स्थित ट्रमा सेन्टरमा उपचार भईरहेको छ भने सुदिप मजकोटी, हिरा रम्तेल, बिमल मजकोटी, सुजन रम्तेल उपचारपछि घर फर्किएका छन् । बाँकी रहेको रकमले थप उपचारमा सहयोग गर्ने र त्यसपछि पनि केही रकम बाँकी बस्यो भने घाइते र मृतकका परिवारसँगकै सल्लाह अनुसार निर्णय गरिने वडा अध्यक्ष श्रेष्ठको भनाई छ ।

About The Author

अन्य समाचारहरु: