Mon. Oct 28th, 2024

कृषि पकेट क्षेत्र र ब्राण्डिङमा जोड दिन्छौ: उप–प्रमुख विश्वकर्मा

धादिङ-कृषि पकेट क्षेत्र बनाउने र किसानको उत्पादनलाई ब्राण्डिङ गरेर वजारीकरणमा जोड दिने नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले बताएका छन् । किसानको हरेक उत्पादनलाई आर्थिक पाटोसँग जोड्न सके मात्रै किसानको जीवनस्तर माथि उठाउन सकिने कुरालाई उनले जोड दिए ।

किसानलाई थप तालिम दिने र किसानले उत्पादन गरेका कृषिजन्य उत्पादनको ब्राण्डिङ गरी बजारीकरण गरिने उनले बताए । जिविका परियोजना अन्तर्गत किसानलाई उद्यमशिलता विकास सम्बन्धि ज्ञान तथा सिप प्रदान गरि व्यवसायिक बन्न उत्प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको तीन दिने उद्यमशिलता विकास तालिमको समापन समारोहको सम्बोधन गर्दै उप–प्रमुख विश्वकर्माले यस्तो बताएका हुन् ।

‘समयमा विउ विजन र मल नपाउने, किसानले उचित मूल्य नपाउने, बजारीकरण जस्ता थुप्रै समय किसानले खेपिरहेका छन्’, उनले भने– ‘पकेट क्षेत्र निर्माण गरी किसानको उत्पादनलाई ब्राण्डिङ गरेर लैजानु पर्छ । किसानलाई थप तालिम र वजेट आवश्यक परे पालिकाले व्यवस्थापन गर्छ । तर किसानलाई दक्ष, गुणस्तरीय कृषिजन्य उत्पादन र वजारीकरणको योजनावद्ध रुपमा लाग्नुपर्छ । स्थानीय सरकार सधै किसानको साथमा छ ।’

ग्रामीणमुखी युवा अभियान (रोयम)नेपालले धादिङको आयोजना एइयनलक्जेम्बर्गको आर्थिक सहयोगमा नीलकण्ठ नगरपालिका–५ र नेत्रावती डवजोङ गाउँपालिका– ५ को सहकार्यमा तालिमको आयोजना गरिएको हो । तालिममा नीलकण्ठ नगरपालिका–५ र नेत्रावती डवजोङ गाउँपालिका– ५ का २५ जना किसान दाजुभाइ तथा दिदिबहिनीहरुको सहभागीता रहेको थियो । तालिम अति नै प्रभावकारी रहेको उनीहरुले बताएका छन् ।


३ दिनसम्म सञ्चालन भएको तालिममा उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख मेघ गौतम र रोयम नेपालका जिल्ला परियोजना संयोजक हरिशरण धितालले उद्यम र व्यवसाय, सम्भावना, कृषि व्यवसायको लक्ष्य तथा परिकल्पना, योजना, उत्पादन र आम्दानी खर्चको लेखाजोखा लगायतका विषयमा सहजीकरण गरेका थिए ।

About The Author

अन्य समाचारहरु: