Mon. Oct 28th, 2024

‘पुष्पा २’ को नयाँ रिलिज मिति घोषणा

काठमाडौं -अल्लु अर्जुन स्टारर तेलुगू फिल्म ‘पुष्पा स् द रुल’लाई लिएर दर्शकहरु अधैर्य छन् । यो फिल्मको पहिलो शृंखला ‘पुष्पा स् द राइज’ ब्लकबस्टर भएको थियो । त्यसैले पनि दर्शकहरु अल्लु अर्जुनको पुष्पराज लुक्स हेर्न आतुर छन् ।

यसअघि यो फिल्म अगस्ट १५ मा रिलिज हुने घोषणा गरिएको थियो । तर काम पूरा नभएको भन्दै निर्माताले उक्त मितिमा फिल्म रिलिज हुन नसक्ने बताएका थिए । अब फिल्मको नयाँ रिलिज मिति घोषणा भएको छ( डिसेम्बर ६ ।

‘पुष्पा’ निर्माताले सामाजिक सञ्जालमा एक पोस्ट राख्दै फिल्मको नयाँ रिलिज मिति घोषणा गरेका हुन् । यससँगै उनले फिल्म स्थगित गर्नुको कारण पनि सेयर गरेका छन् । फिल्मले गुणस्तरमा कुनै सम्झौता नगरी उत्कृष्ट सिनेमाको अनुभव दिन चाहेको उनले बताएका छन् । ‘यो सुनिश्चित गर्नका लागि फिल्म पूरा गर्न थप समय चाहिन्छ,’ उनले लेखेका छन् ।

‘पुष्पा २’ निर्माण घोषणा गरेदेखि नै चर्चामा छ । पुष्पा २ को लोकप्रियताले यस्तो उचाइ छोएको छ कि यसका गीत र टिजरले १० करोड भन्दा बढी भ्युज गरेका छन् ।

सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दाना र फहद फासिलको मुख्य भूमिका छ ।

About The Author

अन्य समाचारहरु: