Mon. Oct 28th, 2024

नेपालका रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई आईसीसीले गर्‍यो कारबाही

काठमाडौं – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलसँग आक्रामक व्यवहार देखाएका बङ्गलादेशका बलर तान्जिम हसन सकिबलाई आईसीसीले कारबाही गरेको छ ।

जारी टी-२० विश्वकप अन्तर्गतको खेलका क्रममा आईसीसीले सकिबले आईसीसीको नियम विपरित व्यवहार गरेको भन्दै म्याच फिसको १५ प्रतिशत जरिवाना गरेको हो ।

आइतबार सेन्ट भिसेन्टमा समूह चरणको अन्तिम खेलमा कप्तान रोहित र बंगलादेशी बलर तान्जिमबीच विवाद भएको थियो। नेपाल र बंगलादेशविरुद्धको खेलमा बलिङ गर्ने क्रममा सकिबले खेलको तेस्रो ओभरपछि आक्रामक हुँदै भनाभन गरेका थिए ।

त्यसपछि दुवै खेलाडीबीच भनाभन भएको र एम्पायरले दुवैलाई अलग गरेका थिए । सकिबको गलत व्यवहारबारे एम्पायरले त्यति नै बेला बंगलादेशका कप्तान नाजमुल होसैन शन्तोलाई जानकारी गराएका थिए ।

About The Author

अन्य समाचारहरु: