Mon. Oct 28th, 2024

घर अगाडि फोहोर थुपार्न बालेनले सिकाए :सांसद अमेरश कुमार

काठमाडौं-सांसद अमरेशकुमार सिंहले राजधानीको फोहोर काठमाडौंका मेयर बालेन साहको घर अगाडि थुपारिदिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले महानगरपालिकाले कबाडी व्यवसायीलाई हतोत्साही गर्दै आन्दोलनमा सहभागी भएकालाई कुटपिट गरेको जनाउँदै कबाडी व्यवसायीलाई फोहोर सबै बालेनको घर अगाडि थुपारिदिन सल्लाह दिएका हुन् ।

यस्तो काम बालेनले सिकाएको दाबी गर्दै उनले काम नभएमा सम्बन्धित ठाउँमा लगेर फोहोर थुपार्ने नजिर कायम भएको उल्लेख गरे । ‘उहाँले नै सडकविभाग अगाडि लगेर फोहोर थुपार्नुभएको छ । सबै कबाडी व्यवासायीलाई अनुरोध गर्छु सबै फोहोर बालेन साहको घर अगाडि लगेर थुपारौं । त्यसको लागि हामी साथमा छौं ।’

पाटन उच्च अदालतले दिएको आदेशलाई मेयर साहले लत्याएकोमा उनले आक्रोश पोखेका छन् । उल्टै शान्तिपूर्ण आन्दोलनमा सहभागी आन्दोलनकारीमाथि दमन भएकोमा खेद व्यक्त गरेका छन् ।

About The Author

अन्य समाचारहरु: