Mon. Oct 28th, 2024

जिप दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

धादिङ-धादिङको सिद्धलेक गाउँपालिका-२ नलाङस्थित खिर्रेमा टाटा सुमो (जिप) दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

नलाङ पात्लेबाट खिर्रेतर्फ फर्कदै गरेको ज १ ज ४४४ नम्बरको टाटा सुमो गएराती खिर्रेको एक्लेबर नजिकै सडकबाट तल खसेको हो । दुर्घटनामा नलाङ पोखरी गाउँका ५२ बर्षिय लोक बहादुर गुरुङको मृत्यु भएको छ ।

दुर्घटनामा चालक खिर्रेका ५५ बर्षिय जिवन श्रेष्ठ (कृष्णमान) घाईते भएको छ । उनको काठमाडौँ स्थित ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।मृतक गुरुङ नलाङको साविक वडा नं ४ का पूर्व गाविस अध्यक्ष रहेको थियो ।

About The Author

अन्य समाचारहरु: