Sat. Jul 27th, 2024

कानुनी र नीतिगत व्यवस्थापालनाका विषयमा छलफल

sahayatri 1

११ भदौ धादिङ – सहयात्री समाज नेपालले धादिङ जिल्लामा सञ्चालन गरिरहेको स्थानीय निकायको कानुनी र नीतिगत व्यवस्थापालना अनुगमन कार्यक्रमको बारेमा छलफल गरिएको छ । शुक्रबार धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरि कार्यक्रमको बारेमा जानकारी गराइएको हो ।

स्थानीय निकायमा विभिन्न समयमा जारी गरिएका ऐन, नियम कार्यविधि निर्देशिका पालना भए नभएको अध्ययन गर्न, स्थानीय निकायमा प्राप्त श्रोतको उपभोग गर्न, नागरिक वडापत्रको अनुगमन र पालनामा जोड दिनका लागि यो कार्यक्रमले सहयोग गर्ने कार्यक्रमका संयोजक ज्ञानु कडेँलले जानकारी दिइन् ।

sahayatri 2

नेपाल सरकार संघीय तथा स्थानीय विकास मन्त्रालय स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्र्तगत स्थानीय शासन उत्तरदायी संयन्त्रको सहयोगमा यसै वर्षको साउन महिनादेखि एक वर्षका लागि कार्यक्रम सञ्चालन गरिएको संस्थाले जानकारी दिएको छ ।

धादिङ जिल्लाको क्षेत्र नं १ मा ६ वटा, क्षेत्र न् २ मा ८ वटा र क्षेत्र नं ३ मा ८ वटा गरी २२ वटा गाँउ विकास समितिहरुमा कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रम अन्र्तगत सार्वजनिक सुनुवाई, सामाजिक लेखा परीक्षण, त्यसमा व्यक्त गरिएका कुराहरुको पालना भए नभएको बारेमा अनुगमन गरिने जानकारी गराइएको छ ।

धादिङका स्थानीय विकास अधिकारी लक्ष्मण विक्रम थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी गणेश ढकाल, जिल्ला विकास समिति धादिङका सामाजिक विकास अधिकृत विनोद अर्याल, राजनैतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरुले संस्थाले गरेको कामका बारेमा आ आफ्नो भनाई राखेका थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: