Mon. Oct 28th, 2024

अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियालाई पहिलो पटक हरायो

काठमाण्डौ – अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा अस्ट्रेलियालाई पहिलो पटक हराएको छ । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर–आठ को समूह (एक) को आज दोस्रो खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हराएको हो ।

अहिलेसम्म टी–२० विश्वकपमा दुवै टोलीबीच दुई पटक भेट भएको छ । यसअघि सन् २०२२ को विश्वकपमा अस्ट्रेलियाले अफगानिस्तानलाई चार रनले हराएको थियो । आजको जितसँगै समूह एक को अङ्क तालिका रोमाञ्चक बनेको छ । समूह एक मा भारत दुई खेलमा चार अङ्कसहित शीर्ष स्थानमा छ । अफगानिस्तान र अस्ट्रेलियाको समान दुई अङ्क रहेको छ ।

समूहमा अब भोलि बेलुका सवा ८ बजे भारत र अस्ट्रेलियाबीच खेल हुनेछ भने अफगानिस्तान र बङ्गलादेशबीच पर्सि मङ्गलवार बिहान सवा ६ बजे खेल हुनेछ । बाँकी खेलमा भारतले अस्ट्रेलियालाई र अफगानिस्तानले बङ्गलादेशलाई हराएमा अफगानिस्तान विश्वकपको सेमिफाइनलमा प्रवेश गर्नेछ ।

About The Author

अन्य समाचारहरु: