Mon. Oct 28th, 2024

ज्वालामुखीलाई निःशुल्क शिक्षा लागु भएको गाउँपालिका घोषणा

धादिङ – धादिङको ज्वालामुखी गाउँपालिका अन्तर्गत विद्यालयहरुको आधारभूत तहमा अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको गाउँपालिकाले घोषणा गरेको छ । आइतबार एक कार्यक्रमकाबीच शिक्षा विकास निर्देशनालय हेटौडाका निर्देशक दिपेन्द्र सुवेदीले अनिवार्य तथा निशुल्क शिक्षा पालिका घोषणा गरेका हुन् ।

निर्देशक दिपेन्द्र सुवेदीले अनिवार्य र निःशल्क शिक्षा प्रदान गर्नु राज्यको दायित्व रहेको बताउँदै सबै बालबालिकाहरुलाई आधारभूत तहसम्म विद्यालय पठाउनु आम नागरिकको कर्तव्य रहेको जिकिर गरेका छन् । निशुल्क शिक्षा भन्दा पनि आगामी दिनमा सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन चुनौति रहेको उनले बताए ।

कार्यक्रममा ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा, निःशुल्क माध्यमिक शिक्षा हामी सबैको इच्छा भन्ने गाउँपालिको नारालाई आजबाट मूर्त रुप दिएको बताएका छन् । विद्यालय बाहिर रहेका सम्पूर्ण बाल बालिकाहरुलाई विद्यालयमा भर्ना गर्न शिक्षक, विद्यार्थी अभिभावक, जनप्रतिनिधि तथा सबै सरोकारवालाहरुको साझा प्रतिबद्धता पुरा गर्न उनले आग्रह गरे ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडाध्यक्षहरु कार्यपालिका सदस्यहरु गाउँसभा सदस्यहरु राजनितिक दलका प्रतिनिधिहरु, शिक्षक संघ सङगठनका प्रतिनिधिहरु सहभागी थिए ।

About The Author

अन्य समाचारहरु: