Mon. Oct 28th, 2024

वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

काठमाडौँ – दक्षिण अफ्रिका अपराजित रहँदै आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । ‘सुपर–८’ चरणअन्तर्गत सोमबार सम्पन्न ‘समूह–२’ को खेलमा आयोजक राष्ट्र वेस्ट इन्डिजलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा तीन विकेटले हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो ।

पानी परेपछि ओभर र लक्ष्य घटाउँदै आयोजक वेस्ट इन्डिजले दक्षिण अफ्रिकासामु जितका लागि १७ ओभरमा १ सय २३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । दक्षिण अफ्रिकाले उक्त लक्ष्य १६।१ ओभरमा ७ विकेटको क्षतिमा पछ्यायो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो।

About The Author

अन्य समाचारहरु: