Fri. Jul 19th, 2024

एमालेका ३० जना नेताहरूको जम्बो टोली आज चीन भ्रमणमा जाँदै

काठमाडौं – नेकपा (एमाले)का ३० जना नेताहरूको जम्बो टोली आज चीन भ्रमणमा जाँदैछ । उपमहासचिव विष्णु रिमाल नेतृत्वको ३० सदस्यीय टोली आज १० दिने चीन भ्रमणमा जान लागेका हो ।

चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० विदेश विभागको निमन्त्रणामा एमाले नेताहरु त्यसतर्फ जान लागेका हुन् । भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीको उच्च तहसँग भेटवार्ता हुने एमालेले जनाएको छ । टोलीले चीनको बेइजिगसहित विभिन्न प्रान्तको भ्रमण गर्नेछ ।

चिनियाँ कम्युनिष्ट पार्टीको निम्तोमा पोहोर महासचिव शंकर पोखरेलले यस्तै टोलीलाई लिएर गएका थिए । यस पटक भने उपमहासचिवको नेतृत्वमा जान लागेको हो ।

About The Author

Loading...

अन्य समाचारहरु: