Mon. Oct 28th, 2024

चन्द्रमाको अदृश्य भागबाट माटो र पत्थरका नमूना लिएर चिनियाँ अन्तरिक्षयान पृथ्वीमा फर्कियो

चिनियाँ अन्तरिक्षयानले चन्द्रमाको पृथ्वीतर्फ नफर्किने भागबाट माटो र पत्थरका नमूना ल्याएको छ । आज मङ्गोलियाको मरुभूमिमा अवतरण गरेको यानले चन्द्रमामा यसअघि अन्वेषण नगरिएको क्षेत्रबाट माटो र पत्थरका दुर्लभ नमूनाहरू सङ्कलन गरेर ल्याएको बीबीसीले जनाएको छ ।

५३ दिन लामो यात्रा पूरा गरेर चिनियाँ अन्तरिक्षयान ुचाङ्ग अ सिक्सु पृथ्वीमा फर्किएको हो । चन्द्रमाबाट सङ्कलन गरिएका ती नमूनाहरूले ग्रहहरूको उत्पत्तिबारे महत्त्वपूर्ण प्रश्नको उत्तर दिन सक्ने वैज्ञानिकहरूको अपेक्षा छ । त्यहाँ बरफ हुन सक्ने भएकाले त्यसबाट पानी, अक्सिजन र हाइड्रोजन निकाल्न सकिने सम्भावना रहेको वैज्ञानिकहरू बताउँछन् ।

ुचाङ्ग–अ सिक्सु चीनले चन्द्रमामा पठाएको छैटौँ र चन्द्रमामाको पृथ्वीबाट नदेखिने भागमा पठाएको दोस्रो अभियान हो । सुदूर भाग भनिने चन्द्रमाको अदृश्य भागमा अहिलेसम्म चीन मात्रै पुगेको छ । त्यो भाग कहिल्यै पनि पृथ्वीपट्टि फर्किँदैन । अन्तरिक्षयानलाई त्यहाँ पुग्न दूरी र त्यहाँको अप्ठ्यारो धरातलका कारण प्राविधिक चुनौती हुने वैज्ञानिकहरू बताउँछन् । त्यो भागमा ठूल्ठूला खाडलहरू र थोरै समथर जमिन छ ।

About The Author

अन्य समाचारहरु: