Mon. Oct 28th, 2024

खनियाबास गाउँपालिकाले गर्‍यो आर्थिक वर्षको बजेट सार्वजानिक

धादिङ– खनियाबास गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि ३६ करोड ५० लाख रुपैयाँको बजेट ल्याएको छ। सोमबार सम्पन्न दोश्रो गाउँ सभाको पाँचौँ अधिवेशनमा पालिका उपाध्यक्ष सेक्केमान तामाङले ३६ करोड ५० लाख २६ हजार ४ सय रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

पालिकामा संघिय सरकारतर्फ समानिकरण अनुदान ९ करोड ६ लाख सर्शत अनुदान ११ करोड ५७ लाख, बिशेष अनुदान १ करोड ५० लाख, राजश्व बाँडफाँड ७ करोड १९ लाखको बजेट प्रस्तुत गरिएको छ। त्यस्तै प्रदेश सरकारतर्फ समानिकरण अनुदान ८६ लाख ५५ हजार, सर्शत अनुदान १ करोड ६९ लाख ४४ हजार, बिशेष अनुदान ७० लाख, समपुरक २ करोड, राजश्व बाँडफाँड १ करोड १७ लाख २७ हजार र गाउँपालिका तर्फ आन्तरिक आय ३० लाख, दहत्तर बहत्तर शुल्क १५ लाख, घरजग्गा दर्ता शुल्क ५ लाख बैंक मौज्दात २५ लाख रहेको छ ।चालु आर्थिक बर्ष २०८० ०८१ को विनियोजित कुल बजेट ४२ करोड २१ लख ९६ हजार २८० मा २७ करोड ३० लाख ६४ हजार अर्थात ६३ दशमलब ७५ प्रतिशत खर्च गरिएको उपाध्यक्ष सेक्केमान तामाङले बताए । जसमा चालु तर्फ १७ करोड ४२ लाख ६० हजार र पुँजीगत ९ करोड ८८ लाख ४ हजार खर्च भएको छ।बजेट प्रस्तुत गर्नुअघि गाउँपालिका अध्यक्ष रण बहादुर तामाङले आर्थिक वर्ष ०८१÷०८२ का लागि निति तथा कार्यक्रम प्रस्तुत गर्दै बजेटमा कृषी, शिक्षा, स्वास्थ्य,पूर्वाधार निर्माण जस्ता कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको बताए।

किसान सुचिकरणको माध्यमद्धारा कृषक परिचयपत्र उपलब्ध गराइने, स्थानिय प्रजातिको पशुपंक्षी संरक्षणमा जोड दिने, पालिका स्तरिय कृषि नर्सरी समुदायस्तरमा हस्तान्तरण गर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनका लागि होमस्टे सञ्चालन तथा व्यवस्थापनका लागि पहल गर्ने, सबै बिद्यालयलाई प्रविधिमैत्री बनाइने नीति तथा कार्यक्रममा प्रस्तुत गरेका छ्न् । नीति तथा कार्यक्रममा गाउँपालिकाभित्रका ऐतिहासिक महत्व बोकेका धार्मिक स्थानलाई पर्यटकीय स्थलमा विकास गर्न विशेष जोड दिने, खेलकुद क्षेत्रको प्रवर्द्धन र विकास गरिने समेत उल्लेख छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठले गाउँपालिकाले अघि सारेको निति कार्यक्रम कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन् । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य डम्बर तामाङले खनियाबासको विकासका लागि सबै दल एकजुट हुनुपर्नेमा जोड दिए । पहिले फरक दलबाट चुनाव जितेका भएपनि यस क्षेत्रको विकासका लागि दलभन्दा माथि उठेर एकजुट हुनुपर्ने उनको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका तामाङले विकासका सवालमा कसैलाई पक्षपात नगर्ने भन्दै खनियाबासको सम्वृद्विका लागि एकजुट हुन आग्रह गरे । कार्यक्रमको अवसरमा पालिकामा कार्यरत चार जना कर्मचारीलाई सम्मान गरिएको छ । साथै पालिकाको आर्थिक,भौतिक ,पर्यटकिय, सामाजिक, साँस्कृतिक विकास तथा मानवसेवामा योगदान पुर्याएको भन्दै सञ्चारकर्मीहरुलाई सम्मान गरिएको छ।

About The Author

अन्य समाचारहरु: