Mon. Oct 28th, 2024

धादिङका पत्रकारसँग न्यूनतम पारिश्रमिक कार्यान्वयन अवस्था र सुझाव संकलन

धादिङ– श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र ऐन संशोधन विषयमा धादिङका पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया गरिएको छ ।आज न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा छलफल गरि धादिङका सञ्चार माध्यमहरुमा न्यूनतम पारिश्रमिक कार्यान्वयन अवस्था र सुझाव संकलन गरिएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले धादिङका संचार माध्यमहरुमा व्यवसायिक पत्रकारिता फस्टाउन नसकेको बताएका छन् । सरकारले तोकेको न्युनतम पारिश्रम संचार माध्यमहरुले दिन नसक्दा पछिल्लो समयमा पत्रकारिता पेशा छोड्नेहरुको संख्या बढिरहेको उनले बताए।

। पत्रकार महासंघमा केह वर्ष अघि पारिश्रमिकको कुरालाई लिएर उजुरी आउने गरेको बताउदै यस विषयतर्फ पत्रकार महांसघले छलफल गरि समस्या समाधान गर्दै आएको बताए ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य टेनिस रोक्काले श्रमजिवी पत्रकार ऐनको विद्यमान व्यवस्था,न्युनतम पारिश्रमिक निर्धारण समिति सम्बन्धी व्यवस्था, श्रमजिवी पत्रकार ऐन कार्यान्वयनमा प्रवृत्तिगत चुनौती लगायतको बारेमा सहभागिहरुलाई जानकारी गराउनुभएको थियो । सहभागिहरुले सरकारले श्रमजिवी पत्रकार ऐन कार्यान्वयन हुन नसक्दा पत्रकारिता पेशा छोड्नेहरुको संख्या बढिरहेको बताउदै यसलाई तत्काल कार्यान्वयनको चरणमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

About The Author

अन्य समाचारहरु: