Mon. Oct 28th, 2024

गणितमा १ लाख ७७ हजार ९८५ जना विद्यार्थी फेल, अरु विषयको अवस्था के छ ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा(एसईई)को परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजामा अनुसार सबैभन्दा बढी गणित विषयमा विद्यार्थी फेल भएका छन् ।

परीक्षामा सहभागी भएकामध्ये १लाख ७७ हजार ९८५ जना विद्यार्थी गणित विषयमा फेल भएका छन् । त्यस्तै विज्ञान विषयमा १ लाख २६ हजार९३३ जना विद्यार्थी फेल भएका छन् ।

अंग्रेजीमा १ लाख १हजार ३८३ जना, सामाजिक शिक्षामा ७३ हजार ८७७, नेपालीमा ६९ हजार ५३२ जना फेल भएका छन् । त्यसपछि अर्थशास्त्रमा ६९ हजार ४१६ जना, ऐच्छिक गणितमा २० हजार ५५२ जना फेल भएका छन् ।

ऐच्छिक गणित ऐच्छिक जनसंख्यामा ३५११, वातावरण विज्ञानमा २४३७ र भूगर्भमा ५१७ जना फेल भएका छन् ।

त्यस्तै गणित विषयमा नै सबैभन्दा बढीकाे ए प्लस आएकाे छ । गणितमा १९ हजार ७३६ जनाले ए प्लस ल्याएका छन् । त्यसपछि अंग्रेजीमा १७ हजार ४८० जनाले ए प्लस ल्याएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ अनुसार एसईईको नतिजा सार्वजनिक गरेको थियो ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । उत्तीर्ण भएकामध्ये एक सय ८६ जनाले ४ जिपीए ल्याएका छन् ।

परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । उनीहरुले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ । दुई सय २१ जनाको परीक्षा रद्द भएको उनले जानकारी दिए । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको जानकारी दिए।

गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

About The Author

अन्य समाचारहरु: