Mon. Oct 28th, 2024

एसईईको पूरक परीक्षामा सामेल हुने विद्यार्थीका लागि अतिरिक्त कक्षा अनिवार्य

एसईईको  ग्रेडवृद्धि अर्थात् पूरक परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गर्नुपर्ने भएको छ ।
 
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज देशभरका शिक्षा विकास तथा समन्वय इकाईहरुलाई परिपत्र गर्दै अतिरिक्त कक्षा सञ्चालनको प्रवन्ध मिलाउन निर्देशन दिएको हो । कक्षाको अनुगमन एंव सहजीकरण गरी त्यसको जानकारी केन्द्रलाई गराउन पनि परिपत्रमा भनिएको छ । 

स्थानीय तहबाट समेत यस्ता कक्षा सञ्चालनको अनुगमन तथा समन्वयको प्रबन्ध मिलाउन केन्द्रले भनेको छ । साथै, शिक्षक महासंघ, प्याब्सन, शिक्षकसम्बद्ध संघसंगठन र अन्य सरोकारवालालाई पनि आवश्यक सहयोगका लागि आग्रह गरिएको छ । 
एसईईको ग्रेडवृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीलाई लक्षित गरी नेपाल टेलिभिजन र रेडियो नेपालसँगको सहकार्यमा केन्द्रले सञ्चालन गर्दै आएको अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयसँग सम्बन्धित कार्यक्रमहरु पनि हेर्न वा सुन्न पनि अनुरोध गरिएको छ । 


राष्ट्रिय परीक्षा बोर्डले गत असार १३ गते गत वर्ष लिइएको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको थियो । परीक्षामा सहभागी चार लाख ६४ हजार ७८५ परीक्षार्थीमध्ये दुई लाख २२ हजार ४७२ जनामात्र उत्तीर्ण भएका छन् । दुई लाख ४२ हजार ३१३ जनाको ‘ननग्रेड’ (एनजी) आएको छ । 

About The Author

अन्य समाचारहरु: