Mon. Oct 28th, 2024

देशभरका पत्रकार महासंघमा प्रेस युनियनको धर्ना

धादिङ – नेपाल प्रेस युनियनले देशभरका नेपाल पत्रकार महासंघका कार्यालयहरुमा धर्ना दिएको छ ।

विभिन्न ७ बुँदे मागहरू अघि सार्दै सोमबार धादिङसहित देशभरका पत्रकार महासंघमा धर्ना दिएको हो । पत्रकार महासंघले आफ्नै संरचना, शाखा र प्रदेशले सिफारिस गरेका सदस्यलाई हटाएर गैर पत्रकार मतदाता नामावली सार्वजनिक गरेपछि आन्दोलन सुरु गरेको नेपाल प्रेस युनियन धादिङका अध्यक्ष सन्तोषराज श्रेष्ठले बताए ।

आफूहरुले उठाएका मुद्दा युनियनको मात्र नभई सबै श्रमजीवि पत्रकारको भएको श्रेष्ठको भनाई छ । महासंघको विधानविपरीत थपिएका गैर पत्रकारलाई सदस्यबाट हटाउनुपर्ने, महासंघ शाखा,प्रदेश समितिले विधान विधि प्रक्रिया अनुसार सिफारिस गरेका सदस्यता कायम गर्नुपर्ने, प्रक्रिया पुगेको क्रियाशील पत्रकारलाई सदस्यता प्रदान गर्नुपर्ने, महासंघ विधान अनुसार संचालन गर्नुपर्ने र निर्वाचन तालिका स्थगित गरी सदस्यता विवाद टुग्याएर मात्र नेपाल पत्रकार महासंघको निर्वाचन हुने वातावरण सुश्चित गर्न माग गर्दै धर्ना दिएको हो ।

विधि र प्रक्रियाविपरीत सार्वजनिक गरिएको नामावली खारेज गर्नुपर्ने, जिल्ला र प्रदेशबाट सिफरिस गरेका र सदस्यता लिने मापदण्ड तथा योग्यता पुगेर आवेदन दिएका सदस्यको सदस्यता कायम गरिनुपर्ने, नवीकरण छुटेका र मापदण्ड पुगेका पत्रकारको सदस्यता नवीकरण गर्नुपर्नेलगायतका ७ बुँदे माग अघि सारेर प्रेस युनियनले शुक्रबार रातिबाट आन्दोलन गर्दै आएको छ ।

About The Author

अन्य समाचारहरु: