Mon. Oct 28th, 2024

२३ वर्षपछि चलचित्र विकास बोर्डले पायो लोगो

काठमाडौं -स्थापना भएको २३ वर्षपछि चलचित्र विकास बोर्डको लोगो निर्माण गरिएको छ । आइतबार बोर्डको २४ औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बोर्डको लोगो सार्वजनिक गरेकी हुन् ।

लोगो निर्माणका परिकल्पनाकार तथा नारा, लोगो तथा धुन निर्मांण तथा छनोट समितिका संयोजक केएल बुढाथोकीका अनुसार लोगोको डिजाइन ललितकलाका प्राध्यापक एवं वरिष्ठ कलाकार राधेश्याम मुल्मीले गरेका हुन् । लोगोमा नेपाली फिल्मको इतिहासदेखि वर्तमानसम्मका विकासक्रम, रिलिजदेखि डिजिटलसम्मको प्रविधि र नेपाली मौलिकतालाई व्यक्त गरिएको छ ।

लोगोसँगै बोर्डले ‘बुद्धको ज्ञान सगरमाथाको शान, राष्ट्रिय चलचित्र हाम्रो पहिचान’ आफ्नो नारा पनि तय गरेको छ ।

चलचित्र ऐन २०२६ को १० (क) अनुसार २०५७ असार १६ गते बोर्डको स्थापना भएको थियो ।

About The Author

अन्य समाचारहरु: