Mon. Oct 28th, 2024

बालिका बलात्कार कसुरमा बालकलाई १२ वर्ष कैद सजाय

धादिङ-बालिका बलात्कार कसुरमा एक बालकलाई धादिङ जिल्ला अदालतले १२ वर्ष कैद गर्ने फैसला गरेको छ ।

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई जिल्ला अदालतले सोमबार १२ वर्ष कैद गर्ने फैसला गरेको हो । जिल्ला न्यायधिस गोपाल प्रसाद वास्तोलाको ईजलासले असार ९ गते कसुर कायम गरि असार १७ गते सजाय निर्धारण गरेको अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए ।

कसुरदारलाई १२ वर्ष कैद गरी ४ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ जरिवाना गर्ने र सोहि रकम पीडितलाई क्षतिपुर्ति दिने फैसलामा उल्लेख छ । कसुरदारले २०८० चैत १ गते नाबालिकालाई नीलकण्ठ नगरपालिका–८ मा बलात्कार गरेका थिए ।

पीडित पक्षले २०८० चैत ७ गते आरोपितलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिइएको थियो । कसुरदारलाई जिल्ला प्रहरी कार्यालयले २०८० चैत ७ गते गिरफ्तार गरेको थियो । पीडितको धादिङ अस्पतालमा चैत ७ गते स्वास्थ्य परिक्षण भएको थियो ।

जिल्ला अदालतमा २०८० चैत २८ गते दर्ता भएको मुद्दाका कसुरदार बालक जिल्ला अदालतको आदेशले बालसुधार गृह भक्तपुरमा राखिएको छ ।

About The Author

अन्य समाचारहरु: