Mon. Oct 28th, 2024

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन्छौँ : घनश्याम भुसाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का निवर्तमान महासचिव घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताएका छन् ।

बिहीवार महाधिवेशनस्थल कमलादीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निवर्तमान महासचिव भुसालले आफूहरु पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारबाट फिर्ता नहुने बताए । उनले प्रधानमन्त्रीलाई आफूहरुको समर्थन जारी रहेको स्पस्ट पारे ।

पार्टीको नेतृत्व सर्वसहमतिमा टुंग्याउने प्रयास भइरहेको पनि उनले बताए । महाधिवेशनबाट निस्कँदै गर्दा पार्टीलाई एकताबद्ध र उत्साहित कसरी बनाउने भन्नेमा नै प्रतिनिधिहरुको चासो, चिन्ता र संकल्प रहेको भन्दै आफूहरु त्यसैअनुरुप अगाडि बढेको उनको भनाइ थियो ।

‘महाधिवेशनबाट हामी निक्लदा एकतावद्ध, उत्साहित भएर कसरी निक्लन सक्छौँ भन्ने बारेमा हामीले छलफल गर्दै छौँ,’ भुसालले भने, ‘सबै प्रतिनिधिहरुको चासो, चिन्ता, सङ्कल्प, प्रयत्न त्यही नै हो । त्यसमा हामी निराश छैनौँ । अलिकति समय लागेको छ, तर परिणाम राम्रै आउँछ भन्ने मलाई लाग्छ । निर्वाचन हुँदा पनि हामी सर्वसहमतीमै निर्वाचनमा जान्छौँ । निर्वाचनको मूल्य, प्रक्रिया मानेरै जान्छौँ ।

About The Author

अन्य समाचारहरु: