Mon. Oct 28th, 2024

युवालाई स्वदेशमै रोजगार दिने तयारीमा छौँ : श्रममन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर प्रदान गर्ने गरी काम गरिरहेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले वैदेशिक रोजगारीका लागि पलायन हुने जनशक्तिलाई देशमै राख्ने प्रयासमा लागेको भन्दै जानै पर्ने बाध्यता भएसम्म सुरक्षित रोजगारीका लागि अभिमुखीकरण तालिमको प्रबन्ध गरिएको बताएका हुन् ।

उनले भने, ‘वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने कामदारको सङ्ख्या दिनदिनै बढिरहेको छ । यसलाई कम गर्नका लागि सरकारले काम गरिरहेको छ । वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउन अभिमुखीकरण तालिमको समेत प्रबन्ध गरेका छौँ ।’

उनले सातै प्रदेशमा रोजगारी पाउने व्यवस्थासहित श्रमाधान मेलासमेत समापन गरिएको भन्दै श्रमाधान मेलाले रोजगारदाता र बेरोजगार युवाहरूलाई जोड्ने पुलको काम गरेको बताए ।

About The Author

अन्य समाचारहरु: