Mon. Oct 28th, 2024

जम्बो केन्द्रीय कमिटीकै लाइनमा नेकपा एस

काठमाडौं । माधव नेपाललाई अध्यक्ष दोहोर्‍याउँदै सकिएको नेकपा एकिकृत समाजवादी (नेकपा एस)को महाधिवेशन ३ जनाबाहेक अन्य पदलाई पूर्णता नदिइ सकिएको छ ।

यो पार्टीले २९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्दैछ । महाधिवेशनको समापनको दिन अध्यक्ष, सम्मानित नेता र महासचिवबाहेक अन्य पदाधिकारी नराखी ९३ सदस्यीय कमिटी घोषणा गरियो । जहाँ सबै नेतालाई केन्द्रीय सदस्य भनेर होलसेलमा राखिएको छ । यसमा अझै २०६ जना थप गर्न बाँकी छ ।

महाधिवेशनलगत्तै बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यहरूको ड्राफ्ट बनाउने जिम्मा प्रदेशका इन्चार्ज र सचिवहरूलाई दिएको छ ।

नेता जगन्नाथ खतिवडाले बैठकले यसअघि कायम प्रदेश इन्चार्जहरूलाई सोही स्थानमा रहेर सदस्यहरूले परामर्श गरेर प्रदेश र जिल्लाबाट क्लस्टर मिलाइ केन्द्रीय सदस्यहरूमा मनोनयन गर्ने ड्राफ्ट तयार गर्न जिम्मेवारी दिइएको बताएका छन् । प्राप्त ड्राफ्टलाई केन्द्रीय कमिटीले निर्णय गरेर १० दिनभित्र टुंग्याउने पार्टीको तयारी छ ।

About The Author

अन्य समाचारहरु: