Fri. Jul 4th, 2025

बंगलादेशमा आन्दोलन चर्किएपछि नेपाली विद्यार्थी मेघालयतर्फ प्रवेश

मेघालय । बंगलादेशमा आरक्षण विरोधी आन्दोलन चर्किएपछि त्यहाँ रहेका नेपाली भारतसँग बंगलादेशको सीमा जोडिएको मेघालयको दावकी एकीकृत चेकपोस्ट हुँदै भारत प्रवेश गरेका छन् ।

भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार बिहीबार साँझ ६ स् ४५ बजेसम्ममा २०२ भारतीय सिलोङबाट ८१।५ किमी टाढा रहेको सो नाकाबाट भारततर्फ छिरेका थिए । ती विद्यार्थीको सुरक्षाको आवश्यक प्रबन्ध गरिएको समाचारमा उल्लेख छ ।

सीमा पार गरेर भारत जानेमा नेपालका १०१, भुटानका ७, भारतका २३ र चारजना पर्यटक भएको प्रहरी अधिकारीलाई उदृत गर्दै समाचारमा जनाइएको छ । नेपाली विद्यार्थी भारततर्फ छिरेको नेपाली अधिकारीहरूले भने पुष्टि गरेका छैनन् ।

About The Author

अन्य समाचारहरु: