Sat. Jul 5th, 2025

सिमलताल दुर्घटना अपडेट: अध्ययन कार्यदलको समय ७ दिन थपियो

काठमाडौं – नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको सिमलतालमा दुई वटा गाडी दुर्घटना भएकोबारे अध्ययन गर्न बनेको कार्यदलको समयावधि थपिएको छ । सुरूमा १० दिनको समय दिएको कार्यदललाई गृह मन्त्रालयले थप सात दिन समय दिएको हो ।

कार्यदलका संयोजक छवि रिजालले दुर्घटनास्थलको अध्ययन, दुर्घटनाबाट बाँचेकाहरूसँगको कुराकानी र सरोकारवालासँगको छलफलबाट प्राप्त जानकारीसहितको प्रतिवेदनलाई अन्तिम रुप दिन समयावधि थपिएको जानकारी दिए ।

अध्ययनका क्रममा सिमतालभन्दा माथिको भिरालो जमिनमा ग्रामीण सडक खनेको पाइएको, बाटो खन्दा निस्केको माटोको उचित व्यवस्थापन नभएको र त्यसैले भेलबाढी उत्पन्न गराएको पाइएको छ ।

असार २८ गते बिहान साढे ३ बजेतिर सिमलतालबाट वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स पहिराचेले बगाएर त्रिशूली नदीमा खसेका थिए ।

गणपतिमा ३८ जना र एन्सल्समा २७ जना यात्रु रहेको अनुमान गरिएको छ । बेपत्ता ६२ यात्रुमध्ये हालसम्म २४ जनाको शव फेला परेको छ । ७ जनाको सनाखत हुन बाँकी छ ।

About The Author

अन्य समाचारहरु: