Fri. Feb 14th, 2025

आईएमई लाईफ ईन्स्योरेन्स धादिङबेसीले खीर खाएर मनायो साउन १५ !

धादिङ– आइएमई लाइफ इन्स्योरेन्स कम्पनी धादिङबेसी शाखाले आफ्ना अभिकर्ताहरुबीच खिर खाने कार्यक्रम गरी साउन १५ मनाएको छ ।

विभिन्न ठाउँमा रहेर काम गरिरहेका अभिकर्ताहरुबीच भेटघाट गराउने र सारा नेपालीलाई जीवन वीमा अभियानमा जोड्ने उद्देश्यसहित साउन १५ को अवसरमा खिर खाने कार्यक्रम गरिएको हो ।

पर्व विशेष यस्ता कार्यक्रमले अभिकर्ताहरुमा नयाँ जोश जाँगर बढ्ने र वीमा व्यवसायलाई मजबुत बनाउन सहयोग पुग्ने धादिङबेसी शाखामा प्रमुख शंकर श्रेष्ठले बताए । नेपाली विमा जगतमा आफुलाई अब्बल सावित गर्दै हजारौ परिवारलाई सुरक्षित गराउने अभियानमा आफुलाई सफल लिडर सावित गराउन पनि अभिकर्ताहरुलाई आग्रह गरे ।

पछिल्लो समय आइएमई लाइफ जीवन वीमा कम्पनीले धादिङमा व्यक्तिगत जीवन वीमासंगै विभिन्न बैंक र सहकारी संस्थाहरुसंग सम्झौता गरी कर्जा म्यादी वीमामा पनि उत्कृष्ट काम गर्दै आएको छ । मंगलबार आइएमई लाइफको देशभरका शाखाहरुले खिर खाने कार्यक्रम आयोजना गरेको पनि श्रेष्ठले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: