Thu. Jun 12th, 2025

भारतीय बैंकिङ प्रणालीमा ठूलो साइबर आक्रमण हुँदा एकैपटक तीन सय बैंकको सिस्टम ह्याक

भारतीय बैंकिङ प्रणालीमा ठूलो साइबर आक्रमण हुँदा एकैपटक झन्डै तीन सय बैंक ठप्प भएका छन् । आक्रमणका कारण सयौं बैंकको भुक्तानी प्रणाली प्रभावित भएको हो । सबै बैंकलाई प्राविधिक सहयोग उपलब्ध गराउने कम्पनी सी–एज टेक्नोलोजीमा साइबर आक्रमण भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यस कम्पनीले भारतका सबै साना बैंकलाई प्राविधिक सहयोग गर्दै आएकोले कम्पनीमा साइबर आक्रमण हुँदा झन्डै तीन सय साना बैंक प्रत्यक्ष प्रभावित भएका हुन् । साइबर आक्रमणलाई ध्यानमा राख्दै भारतको भुक्तानी प्रणालीको निरीक्षण गर्ने संस्था नेसनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया (एनपीसीआइ ) ले यस कम्पनीको काम अस्थायी रूपमा बन्द गरेको छ ।

एनपीसीआईका अधिकारीका अनुसार सी–एज टेक्नोलोजीको सेवा प्रयोग गर्ने यी बैंकका ग्राहकले पनि केही समयदेखि भुक्तानी प्रणाली प्रयोग गर्न समस्या भोग्नुपरेको थियो । भुक्तानी प्रणालीमा व्यापक असर पर्न नदिन साना बैंकलाई भुक्तानी सञ्जालबाट बाहिर राख्ने निर्णय गरिएको खबरमा उल्लेख छ ।

About The Author

अन्य समाचारहरु: