Sat. Jul 27th, 2024

एकै घरका दुई बालिकाको डुबेर मृत्यु

१६ भदौ कपिलवस्तु – वाणगङ्गा सिँचाइ प्रणाली नहरमा डुबेर एकै घरका दुई जना बालिकाको मृत्यु भएको छ ।

निग्लिहवा गाविस–९ का युसुब अन्सारीका दुई छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सात महिनाकी यसमिन अन्सारी र तीन वर्षकी अफ्रिन अन्सारी रहेका छन् ।

घर नजिकैको नहरमा कपडा धुने क्रममा आफ्नी आमा ताहेरा खातुनसँगै रहेका दुई बालिकामध्ये कान्छी यसमिन नहरमा डुबेपछि उनलाई बचाउन खोज्दा अर्की छोरी अफ्रिनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको अस्थायी प्रहरी चौकी जहदीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामबहादुर क्षेत्रीले बताउनुभयो । रासस

About The Author

Loading...

अन्य समाचारहरु: