Sat. Jul 5th, 2025

सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै १ लाख ५२ हजार ६ सय

काठमाडौं -आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । गत शुक्रबार प्रतितोला ९ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने तीन हजार रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

आज सुन प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि गत साउन २९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको थियो।
गत शुक्रबार छापावाला सुनको मूल्य १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

About The Author

अन्य समाचारहरु: