काठमाडौं – यस वर्षको गर्मीयाममा चीनमा ब्लकबस्टर फिल्मको रिलिज शैली अघिपछि भन्दा भिन्न देखियो । यी फिल्मलाई नेत्रहीन र दृष्टिविहीन दर्शकले पनि महसुस गर्न सके । चिनियाँ हलले त्यस्ता दर्शकलाई अडियो विवरण समेत उपलब्ध गराएका थिए ।
कसरी चिनियाँ फिल्म उद्योगले सबैखाले दर्शकको लागि पहुँच स्थापित गरेका छन् भन्ने संकेत हो यो । एउटा अलग साउण्ड(ट्रयाक जुन फिल्म चलेसँगै बज्छ । यस्तो खाले अडियो शैलीलाई चीनमा ‘बाधारहित फिल्म’ भनेर पनि चिनिन्छ । दृष्टिविहीन दर्शकका लागि फिल्म बुझ्ने र जान्ने यो गतिलो उपाय हो ।