काठमाडौं – रुख र बिजुलीको पोल ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । आज बिहान चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा सालको रूख र बिजुलीको पोल ढल्दा सडक अवरूद्ध भएको हो ।
ढलेको रुख पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । उनका अनुसार सडक अवरोध हटाउन केहि समय लाग्ने छ ।