काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई दिने राष्ट्रिय भेला सुरु भएको छ ।
प्रज्ञा प्रतिष्ठान कमलादीमा आज बिहान ९ बजेदेखि भेला सुरु भएको हो ।
भेलामा सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्ने तय भएको छ । सङ्गठन विभागका प्रमुखले साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन् ।
भेलाले प्रथम महाधिवेशनको मितिसमेत तय गर्ने बताइएको छ । भेलामा सहभागी हुन देशभरबाट १५०० बढी प्रतिनिधि काठमाडौँ आएको पार्टीले जनाएको छ ।
भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुनेछ ।