Mon. Nov 4th, 2024

दल विभाजन गर्ने अध्यादेश तत्काललाई रोकियो

काठमाडौं– दल विभाजन गर्ने उद्देश्यले ल्याउन लागिएको अध्यादेश तत्कालका लागि रोकिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा सहमति जनाए पनि कांग्रेसका केही प्रभावशाली नेताहरूले तत्काल अध्यादेश ल्याउन नहुने अडान राखेको स्रोतले जानकारी दियो ।
संसद्मा विचाराधीन विधेयकमाथि नै अध्यादेश ल्याउँदा गलत सन्देश जाने भन्दै तत्कालका लागि अघि नबढाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

“सभापतिज्यू प्रधानमन्त्रीलाई चिढ्याउन चाहनुहुन्न,” कांग्रेसका एक नेताले भने, “त्यसैले अध्यादेशमा पनि सहमति जनाउनुभएको हो तर संसद्मा विचाराधीन विधेयक हुँदाहुँदै अध्यादेश ल्याउँदा राम्रो सन्देश जाँदैन भनेर भन्यौँ । तत्कालका लागि रोकिएको छ ।”

About The Author

अन्य समाचारहरु: