Sat. Jul 27th, 2024

एकै गाँउका ६ जनाको मृत्यु भएपछि जीवनपुरको कात्तिके गाँउ शोकमा

accident jibanpur 1

२२ भदौँ, धादिङ – धादिङको जिवनपुर गाँउ विकास समितिको कार्तिके गाँउ अहिले शोकमा डुवेको छ । सधै चहलपहल देखिने कार्तिके गाँउ अहिले सुन सान बनेको छ ।

हिजो (सोमबार) भएको सवारी दुर्घटनामा परी एकै गाँउको  ६ जनाको मृत्यु र तिस जना भन्दा बढी स्थानीयहरु घाईते भएका कारण गाँउ अहिले शोेकमा डुबेको हो ।

गोदावरीको १२ बर्षे मेला भरेर घर फर्कने क्रममा भिमढुङ्गा लामिडाँडा सडक खण्डमा पर्ने चिउरी बोट भन्ने स्थानमा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा परी जीवनपुर गाविस–५ का प्रताप तिमिल्सिना, ५५ वर्षीया ठुली तामाङ र ४० वर्षीया प्रमिला ढुङ्गानाको घटनास्थलमै मृत्यु भएको हो ।

gibanpur 2

यसैगरी उपचारको क्रममा काठमाडौँका ट्रमा सेन्टरमा १५ वर्षीया अन्जु तामाङ, आर्य हस्पिटल छाउनीमा ८५ वर्षीया कान्छी रेग्मी, सिटीसेन्टर कलङ्कीमा १९ वर्षीया रन्जीता ढुङ्गानाको मृत्यु भएको हो ।

सो बस काठमाण्डौको सितापाईलाबाट धादिङको जिवनपुर आउँदै गर्दा गाँउ नजिकै जिवनपुर वडा नं ५ चिउरीबोट भन्ने स्थानमा आईपुगे पछी सडकबाट ६० मिटर तल खसी दुर्घटना भएको थियो । सो बसको अगाडीको टायर पन्चर भई नियन्त्रण गुमेपछि दुर्घटना भएको ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख प्रहरी निरिक्षक प्रमबन्धु पोखरेलले बताए । यसै गरी दुर्घटनाको अन्य कारणका बारेमा भने थप अनुसन्धान भई रहेको समेत गनले जानकारी दिए ।

About The Author

Loading...

अन्य समाचारहरु: