Sun. Feb 9th, 2025

धादिङबेसीको प्रगतिटोलमा खानेपानीको पाइपमा कुहिएको मुसा फेला

musa
२२ भदौ, धादिङ – धादिङ सदरमुकाम धादिङबेसी नगरपालिका ३ शान्तबजार स्थित प्रगतिटोलमा मंगलबार खानेपानीको पाइपमा कुहिएको मुसा, कुहिएको आन्द्रा अड्किएको फेला परेको छ ।

स्थानीय कृष्णप्रसाद सिलवालको घरमा मेन लाइनबाट पाइप जोडेको ठाँउमा पानी नआएपछि खानेपानीको प्रतिनिधिलाई बोलाएर पाइप काट्न लगाउँदा यस्ता बस्तुहरु भेटिएको हो ।

musa 2

यस क्षेत्रमा तीनदिनदेखि पाइप लाइनमा गन्हाउने खानेपानी आएको स्थानीयहरुको भनाई छ । अहिले त्यस ठाँउको पाइप लाइन काटिएको छ ।
धमिलो पानीले टोलका मानिसहरुलाई वाकवाकि लाग्ने समस्या भएको सिलवालले जानकारी दिए  ।

फोटो सौजन्य : सुजन रेग्मी

About The Author

अन्य समाचारहरु: