Sat. Jul 5th, 2025

मलेसियामा कारको ठक्करबाट एक नेपालीको ज्यान गयो

malesiya

२४ भदौ, मलेसिया – कारको ठक्करबाट मलेसियामा विहिबार एक नेपालीको ज्यान गएको छ । मलेसियाको जोहोर राज्य स्थित मुहार बखरी बातु(लापानमा तेह्रथुमका घनेन्द्र लिम्बूको ज्यान गएको हो ।

कम्पनी जाने क्रममा सडक पार गर्न लाग्दा कारले लिम्बू लाई ठक्कर दिएको उनका साथी मुकेश साहले जानकारी दिए । मुहारको टिटि गोलोवे कम्पनीमा कार्यरत लिम्बू रोजगारीका सिलसिलामा ९ महिना अघि मलेसिया आएका हुन । लिम्बूको शब मुहार अस्पतालमा राखिएको छ ।

सडक दुर्घटनाका कारण बर्षेनी मलेशियामा धेरैजना नेपालीको ज्यान जाने गर्दछ । कतिपय कम्पनि र कामदार बस्ने होस्टल आउजाउ गर्न ठुला-ठुला राजमार्ग पार गर्नु पर्ने हुनाले पनि दुर्घटना निम्तीने गरेको हो । ठुला-ठुला राजमार्ग पार गर्न मृत्युको जोखिमनै मोल्नु पर्ने अबस्थमा कामदारहरु छन् ।

About The Author

अन्य समाचारहरु: