![](https://www.pabilnews.com/wp-content/uploads/2024/12/557c140d-169b-4d18-8fed-b20a37f83d7f-1024x661.jpg)
धादिङको जिल्ला सदरमुकाम धादिङबेशीमा मनोसामाजिक मनोविमर्श तथा स्वहेरचाह तालिम सुरु भएको छ । महिला हिंसाका सवाल उठ्ठान तथा हिंसा प्रभावित महिलाहरुलाई मनोविमर्श सेवा प्रदान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
ग्रामिण मुखि युवा अभियान (रोयम) नेपालको आयोजना तथा एईआईएन लक्जम्वर्गको आर्थिक सहयोगमा संचालित जिविका परियोजना अन्तर्गत तालिम सुरु गरिएको हो । ‘समुदायमा दिनानुदिन मनोसामाजिक समस्या बढ्दै गइ रहेको छ । धेरै महिला दिदिबहिनीहरु हिंमामा पर्नु भएका छन्’ रोयम नेपालका जिल्ला परियोजना संयोजक हरिशरण धिताल भन्छन्– ‘आफ्नो सवाल आफैले उठाउने हो । समस्यामा परेका दिदिबहिनीलाई त्यो सक्षम बनाउने र मनोसामाजिक समस्याका विषयमा जानकारी दिने हाम्रो उद्देश्य हो ।’
वडा महिला संजाल, युवा महिला संजालको पदाधिकारीको लागि मनोसामाजिक मनोविमर्श तथा स्वहेरचाह सम्बन्धी ३ दिने तालिम सुरु गरिएको हो । तालिममा जिल्ला स्तरिय युवा महिला संजालका पदाधिकारीहरु, नीलकण्ठ नगरपालिका– ५ र नेत्रावती डबजोङ गाँउपालिका–५ को वडा स्तरिय महिला संजालका सदस्यहरु, रोयम नेपालका कर्मचारीसहित १४ जना सहभागी रहेका छन् । धितालका अनुसार समुदायमा लैगिक हिंसा प्रभावित महिलाहरुको लागि मनोविमर्श सेवा तथा लैगिक हिंसाका घटनाहरुको सम्बन्धीत निकायमा प्रेषण गर्ने प्रकिृया तथा स्व हेरचाह गर्ने तरिका विषयमा तालिम लक्षित हुनेछ ।
महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालकी केन्द्रिय सदस्य गायत्री खतिवडा र रोयम नेपालका जिल्ला परियोजना संयोजक हरिशरण धितालले तालिमको सहजीकरण गर्ने छन् ।