Sat. Jan 18th, 2025

काठमाण्डौमा खुला व्यायामशाला

काठमाण्डौ – स्वस्थ रहनका लागि शारीरिक व्यायाम महत्त्वपूर्ण हुन्छ । शारीरिक व्यायामले शरीरलाई फुर्तिलो बनाउनुका साथै स्वस्थ पनि राख्छ । त्यसैले पनि पछिल्लो समय योग, ध्यान, शारीरिक व्यायाम, जिम गर्नेहरूको सङ्ख्या उल्लेख्य छ । कोहीले हिँडेर शरीरलाई फुर्तिलो बनाउँछन् भने कसैले जिम गरेर त कसैले ध्यान, योग र शारीरिक व्यायाम गरेर स्वस्थ रहन्छन् । यसैलाई मध्यनजर गरी काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा खुला व्यायामस्थलहरू बनाइएको छ ।

काठमाण्डौ उपत्यकाका विभिन्न सार्वजनिक स्थलमा निर्माण गरिएका खुला व्यायामशालामा सर्वसाधारणको घुइँचो लाग्ने गर्दछ । काठमाण्डौवासीलाई स्वस्थ राख्न महानगरले व्यायामशाला बनाएको छ । जिमखानामा पैसा तिर्नपर्ने तर खुला व्यायामशाला निःशुल्क प्रयोग गर्न सकिने भएकाले यसतर्फ आमनागरिकको आकर्षण बढेको छ ।

About The Author

अन्य समाचारहरु: