Tue. Jan 14th, 2025

रवि लामिछाने: स्वास्थ्य जाँच गरी अदालतमा प्रतिलिपि पेस गर्न आदेश

पोखरा– कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्य जाँच गरी त्यसको रिपोर्ट पेस गर्न आदेश दिएको छ ।

सहकारी ठगी, किर्ते, संगठित अपराध, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

चितवनमा बयान सकाएर गएको बुधबार राति लामिछानेलाई पोखरा ल्याइएको थियो । त्यति बेला लामिछानेमा उच्च रक्तचाप रहेको तर चितवन प्रहरीले औषधि समेत खान नदिएको र अमानवीय कार्य गरेको भन्दै उनीनिकट व्यक्ति र रास्वपा नेता–कार्यकर्ताले विरोध जनाइरहेका छन् ।

चितवनबाट बिहीबार बिहान पोखरा ल्याइपुर्‍याएपछि लामिछानेको स्वास्थ्य जाँच गरिएको थियो । मानवअधिकार आयोग गण्डकीको टोलीले शनिबार लामिछानेलाई भेटेको थियो । त्यसक्रममा लामिछानेले चितवनमा आफ्नो स्वास्थ्य जाँच गराउन भने पनि प्रहरीले नमानेको बताएका जनाइएको छ ।

पोखरामा स्वास्थ्य जाँच गर्दा आफ्नो रक्तचाप १८०/९० देखिएको उनले बताएका टोलीको भनाइ छ । मानवअधिकार आयोगको टोलीले प्रहरीको यो कार्य अमानवीय रहेको जनाएको छ ।

About The Author