Wed. Jul 16th, 2025

लगातारको बन्दले विराटनगरमा नुनको अभाव

salt-

विराटनगर – लगातारको आन्दोलनका कारण विराटनगरमा दैनिक अत्यावश्यक बस्तु नुनको अभाव हुन थालेको छ । ३ दिनदेखि बजारमा नुन पाउन छोडेको स्थानियबासिन्दाले बताएका छन् ।

प्रति प्याकेट १८ देखि २० रुपैयाँ मात्र पर्नेमा अहिले भाउ बढेर ३० रुपैयाँ पुगेको छ । तर महंगोमा पनि नुन नपाउँदा स्थानियबासिन्दा मर्कामा परेका छन् ।

विराटनगरको साल्ट ट्रेडिङले नुनको अभाव नभएको दाबी गरे पनि बजारमा कालोबजारी हुँदा अभाव भएको उपभोक्ताको गुनासो छ ।

About The Author

अन्य समाचारहरु: