Sat. Jul 5th, 2025

देशले असोज ३ गते नयाँ संविधान पाउने

CA-Meeting1-650x330
२८ भदौ, काठमाडौं –देशले असोज ३ गते नयाँ संविधान पाउने भएको छ । असोज ३ गते साँझ ५ बजे राष्ट्रपति डा। रामवरण यादवले नयाँ संविधान जारी गर्नेछन् ।

अहिले संविधानसभा बैठकमा नयाँ संविधानको विधेयकमाथि मतदान चलिरहेको छ । यो प्रक्रिया केही दिन चल्नेछ । संविधानसभा सचिवालयले असोज ३ गते साँझ ५ बजे नयाँ संविधान जारी गर्ने कार्यतालिका बनाएको छ । संविधान जारी भएको घोषणाका लागि निम्तो लिएर संविधानसभा अध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिलाई भेट्न शीतल निवास जाँदैछन् ।

संविधानसभा सचिवालयका सह प्रवक्ता सुदर्शन कुइकेलका अनुसार अध्यक्ष नेम्वाङ र महासचिव मनोहरप्रसाद भट्टराई असोज ३ गते साँझ ५ बजे संविधानसभामा आउन निम्तो पत्र लिएर शीतल निवास जान लागेका हुन् ।

असोज ३ गते संविधानसभामा आयोजना हुने विशेष समारोहमा नयाँ संविधानमा सभाध्यक्ष नेम्वाङले प्रमाणीकरण गर्नेछन् । सबै सभासदले हस्ताक्षर गर्नेछन् भने राष्ट्रपतिले संविधान जारी भएको घोषणा गर्नेछन् ।

About The Author

अन्य समाचारहरु: