
धादिङ । अपांगता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नुवाकोट जिल्ला तार्केशवर गाउँपालिका–३ का २६ वर्षीय कुमार मजकोटीलाई धादिङ जिल्ला अदालतले ११ वर्ष कैद गर्ने फैसला गरेको छ ।
बलात्कार कसुरमा १० वर्ष कैद र पीडित बालिका अपांगतासँगै न्यून दृष्टि तथा न्यून सुनाइ भएकोले थप १ वर्ष कैद गर्ने फैसला जिल्ला न्यायधिस मनकुमारी वि.क. को इजलासले फैसला सुनाएको श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए ।
कसुरदार मजकोटीले ०८१ मंसिर २९ गते बालिकालाई बलात्कार गरेपछि मंसिर ३० गते उजुरी परेको थियो । कसुरदारलाई ३० गते नै गिरफ्तार गरि हिरासतमा राखेकोमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय मार्फत जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो ।
जिल्ला न्ययधिस वि.क.ले कसुरदारलाई ५ लाख रुपैयाँ जरिवाना तिराउने समेत फैसला गरेको छ ।