Fri. Jul 4th, 2025

युवा संघ सिद्दलेकको अध्यक्षमा रोहित गुरुङ

धादिङ– राष्ट्रिय युवा संघ नेपाल सिद्दलेक गाउँपालिका कमिटिको अध्यक्षमा रोहित गुरुङ चयन भएका छन् ।

शनिबार सम्पन्न दोश्रो गाउँपालिका अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । कमिटिको उपाध्यक्षमा ज्ञान बहादुर घले, सचिवमा सुजिता अधिकारी, कोषाध्यक्षमा कुमार सिलवाल, सहसचिवमा उमा गुरुङ चयन भएका छन् ।

पूर्व अध्यक्ष इश्वर सिलवालको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा युवा संघ केन्द्रिय उपाध्यक्ष महाराज गुरुङ, नेकपा एमाले जिल्ला कमिटि धादिङका अध्यक्ष भुमी त्रिपाठी, युवा संघ धादिङका इन्चार्ज कमल सिलवाल लगायत सहभागी थिए ।

About The Author

अन्य समाचारहरु: