Wed. May 14th, 2025

धादिङबाट पोखरा जाँदै गरेको विधुतीय माइक्रो दुर्घटना, तीन जनाको मृत्यु

धादिङ । धादिङबाट पोखरा जाँदै गरेको ग १ ज ८६३० नम्बरको  विधुतीय माइक्रोबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका-३२ मा पर्ने तनहुँको सिमानामा दुर्घटना हुँदा दुई जना महिला र ए जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

पोखरा महानगरपालिका-२५ हेम्जाका झाङमाया गुरुङको सनाखत भएको छ भने दुई जना पुरुषको शनाखत हुन बाँकी छ ।

दुर्घटनामा घाइते भएका आठ जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

हावाहुरी सहित पानी परिरहेको अवस्थामा दुर्घटना भएपनि दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: