
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–८, ससाहमा सवारीसाधनको ठक्करबाट सात वर्षीय बालिका गम्भीर घाइते भएकी छन् ।
घरबाट स्कुल जाँदै गरेकी ससाह ज्यामिरेकी सात वर्षिय दिपिका वि.क. सवारीसाधनको ठक्करबाट सडकमा लडिरहेको अवस्थामा फेला परेकी हुन् । ठक्कर दिने सवारीको भने पहिचान भएको छैन ।
स्कुलको झोला बोकेर सडक छेउमा हिँडिरहेकी बालिकालाई ठक्कर दिएको र भागेकोले ठक्कर दिने सवारीसाधनको खोजी भइरहेको छ । घाइते बालिकालाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौंस्थित टिचिङ अस्पताल लगिएको छ ।
दुर्घटना गराउने सवारी र चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी सुवास हमालले जानकारी दिए । ‘घटनास्थलको प्रकृति हेर्दा कुनै सवारीले ठक्कर दिएको देखिन्छ, हामी अनुसन्धान गरिरहेका छौं’, हमालले भने ।