Sat. Jul 5th, 2025

यू-१९ साफ च्याम्पियन जित्ने खेलाडीलाई नगदसहित सम्मान

u 19 saff football awarded (1)

३१ भदौ, काठमाडौं –  यू-१९ साफ च्याम्पियनसिप फुटबलको विजेता नेपाली टोलीलाई सरकारले नगदसहित सम्मान गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले बिहीबार च्याम्पिनय टोलीका २३ खेलाडीसहित २८ सदस्यलाई जनही १ लाख प्रदान गरेको हो ।

सम्मानित हुने खेलाडीमा कप्तान विमल घर्ती मगर, सोजित गुरुङ, रोमन रसाइली, देव लिम्बू, अनन्त तामाङ, अमित तामाङ, छिरिङ गुरुङ, आकाश थापा, दिनेश राजवंशी, सुदन थापा र गौरव बुढाथोकी छन् ।

u 19 saff football awarded (3)

यसैगरी हेमन्त थापा मगर, कमल श्रेष्ठ, डोना थापा, तेज तामाङ, किरण सुनार, विश्वास श्रेष्ठ, सुशन लामा, सुनील बल, अन्जन विष्ट, सुजित गुरुङ, शिव सुवेदी तथा जानोममान लिगल सम्मानित भएका छन् ।

प्रमुख प्रशिक्षक बालगोपाल महर्जन, सहायक प्रशिक्षक सुनील श्रेष्ठ, गोलकिपङ प्रशिक्षक मृगेन्द्र मिश्र, फिजियो राजु दाहाल तथा टिम व्यवस्थापक दिवाकर घले पनि सम्मानित भएका छन् ।

हालै काठमाडौंमा भएको पहिलो पहिलो यू-१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा अफगानिस्तानलाई हराएपछि सरकारले उपाधि जिते नगद पुरस्कार दिने घोषणा गरेको थियो ।

About The Author

अन्य समाचारहरु: