Sat. Jul 27th, 2024

नेपाल प्रवेशमा रोक लगाइएका ट्यांकर छुटे

trankar

५ असोज, काठमाडौं – भारतले रक्सौल भन्सारमा रोकेका तेल ट्यांकरलाई नेपाल प्रवेशको अनुमति दिइएको छ ।

संविधानलाई लिएर असन्तुष्ट देखिएको भारतले आपूर्ति व्यवस्था रोकिन सक्ने आशयको विज्ञप्ति जारी गरेको भोलिपल्ट सीमामा नेपाली ट्यांकर रोकिएको थियो ।

तर, नियमित चेकजाँचमा भन्दा निकै कडाइ गर्दै भारतले ट्यांकरहरुलाई नेपाल आउन दिएको थिएन । ‘अरु बेला गाडी नम्बरमात्र लेखाउँथ्यो । तर, आज अनेक कागज पत्र माग गरिएको थियो’ स्रोतले भन्यो ।

सीमामा नेपाली ट्यांकर रोकिएपछि भारतले चर्को विरोध भयो । सामाजिक सञ्जाल ट्वीटरमा ३द्यबअपइााक्ष्लमष्ब विश्वभर तेस्रो नम्बरमा ट्रेण्डिङ समेत भएको छ ।

चर्को विरोध र सरकारी स्तरबाट भएको समन्वयपछि अपराहृन ट्यांकरहरू छुटेका छन् ।

वीरगञ्ज भन्सारका प्रमुख मित्रलाल रेग्मीले रोकिएका सबै ट्यांकर जानकारी दिए । उनले भने-‘निगमका अधिकारीहरु गएर कागजपत्र बुझाएलगत्तै सबै ट्यांकर नेपाल प्रवेश गरेका छन् ।’

About The Author

Loading...

अन्य समाचारहरु: