धादिङ – धादिङबेसी-सल्यानटार सडकखण्ड अन्तर्गत निगालापानीदेखि गोलाभञ्ज्याङ्सम्मको दूरी जम्मा तीन किलोमिटर छ तर सडकको अवस्थाका कारण सवारी साधानमा यात्रा गर्न तीन घण्टा लाग्छ । बाटोको अवस्था कतिसम्म जोखिमपूर्ण र बिग्रिएको छ भने सवारी साधानमा यात्रा गर्नुभन्दा पैदल हिड्न छिटो र सुरक्षित हुन्छ ।
हरेक वर्ष वर्षायाम शुरु भएसँगै धादिङबेसी-सल्यानटार सडकखण्ड रोपाइँ गर्न ठिक्क परेको खेतजस्तै हुने गरेको छ । यसले यात्रुलाई कठिनाई उत्पन्न हुनुका साथै उनीहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
उत्तरी धादिङलाई सदरमुकामसम्म जोड्ने र गोरखा जिल्लालाई धादिङसँग जोड्ने मुख्य सडकको अवस्था निकै दयनीय बनेको छ । सडकमात्र खन्ने र त्यस सडकको स्तरउन्नति नगर्ने भएकाले सडकहरुको अवस्था यस्तो भएको हो ।
सडकको दूरावस्थाका कारण धादिङबेसीबाट सल्यानटार हुँदै गोरखाका आरुटारसम्म जोड्ने ३५ किलोमिटर यात्रा तीन घण्टामा नै पार गर्न सकिने भए पनि सडकको दूरावस्थाका कारण निगालपानी खण्ड पार गर्न मात्रै तीन घण्टा बढी समय लाग्छ । उक्त सडक सञ्चालनमा आएको तीन दशक भइसक्दा पनि जहिल्यै उस्तै देखिन्छ ।अन्नपूर्णबाट